एक साथ दुई फिल्म


आज शुक्रबार एक साथ दुई फिल्म के घर के डेरा र नालापानी रिलिजमा आउने भएको छ। दीपेन्द्र के. खनालद्वारा निर्देशित फिल्म के घर के डेरामा सिंघे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद रहेको छ।

घरवाला र डेरावालाको समस्यालाई रमाइलो तरिकाले प्रस्तुत गरिएको फिल्ममा कलाकारहरू विपिन कार्की, दयाहाङ राई र सुरक्षा पन्तको साथमा वर्षा राउत, लक्ष्मी गिरी, रवीन्द्र झा, आशान्त शर्मा, प्रभाकार न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षत्री, आयुषी ढकालगायतले अभिनय गरेका छन्।

शंकर थापा स्मँइल र कोशिश क्षेत्रीको संगीत तथा गायन रहेको फिल्मको गीतमा सुव्रतराज आचार्य, कोशिस क्ष्ँेत्री र डीपी खनालको शब्द रहेको छ। दीर्घ गुरुङको छायांकन रहेको फिल्ममा सूर्य थोकरको द्वन्द्व तथा दीर्घ खड्काको सम्पादन रहेको छ। फिल्म शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनले निर्माण गरेका हुन्।

त्यस्तै, ऐतिहासिक विषयवस्तुमा निर्माण भएको फिल्म नालापानीमा रिमेश अधिकारीको निर्देशन र लेखन रहेको छ। चलचित्र विकास बोर्डले दुई वर्षअघि विशेष फिल्म घोषित गरेको नालापानी प्रा.डा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित नालापानीका नायक वीर बलभद्र र नेपाली सेनाले प्रकाशित गरेको सैनिक इतिहासलगायतका पुस्तकमा आधारित फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ तिमल्सिना, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, शहिना भट्टराई, गीत विष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खड्का डेभिड, बालकलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिश शाक्य, निर्माण थपलियाका साथै विदेशी कलाकारहरू एन्डझोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतले अभिनय गरेका छन्। मनोज शाक्य र रिमेश अधिकारीको निर्माण रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, रामशरण उप्रेतीको छायाकंन र विपिन मल्लको सम्पादन रहेको छ।