डेंगुका कारण १६ वर्षीया किशोरीको मृत्यु

0
Shares

धनगढी।

डेंगुका कारण कञ्चनपुरकी एक १६ वर्षीया किशोरीको मृत्यु भएको छ। डेंगुले बेलौरी नगरपालिका–१० की दीपा चौधरीको ज्यान गएको हो।

बुधबार साँझ उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पुगाइएकी चौधरीको डेंगुका कारण मृत्यु भएको हो। करीब दुई सातादेखि उनलाई टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएको थियो।

ज्वरो बढेपछि थप उपचारको लागि एक साता अघि उनलाई धनगढी ल्याइएको थियो। तर, उपचारकै क्रममा चौधरीको बुधबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ।

चौधरी गाउँकै एक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन्।