सुनचाँदीको मूल्यमा सामान्य गिरावट

0
Shares

काठमाडौँ।

नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

बुधबार प्रतितोला ९३ हजार २ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार तोलामा १ सय रुपियाँले घटेर ९३ हजार १ सय रुपियाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको मूल्य ९२ हजार ६ सय रुपियाँ रहेको छ।

यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी तोलामा ५ रुपियाँले घटेर एक हजार १७० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।