पहिरनमाथि टिप्पणी गर्नेलाई कंगनाको प्रहार

0
Shares

बलिउड अभिनेत्री कंगना रनावत फिल्म क्षेत्रकी स्पष्ट वक्ताको रूपमा चिनिन्छिन्। कुनै पनि विषयमा आप्mनो फरक मत राख्ने कंगना बेला बेलामा आफ्ना विचारका कारण आलोचनाको शिकार पनि बन्दै आएकी छन्।

उनै कंगनाले हालैे सामाजिक सञ्जालमा आफ्नो केही बोल्ड तस्विर अपलोड गर्दै महिलाको पहिरनमाथि टिप्पणी गर्नेमाथि प्रहार गरेकी छन्। म केवल एक तथ्यमा मात्र ध्यान दिइरहेकी छु कि महिलाले के लगाउँछन् र के लगाउन भुल्छन् भन्ने कुरा केवल महिलाको नितान्त व्यक्तिगत रोजाइको विषय हो उनले लेखेकी छन् ञयसमा अरूको लिनुदिनु केही हुँदैन।

सेतो रङको आकर्षक पारदर्शी ब्रासलेट लगाएको उक्त फोटोसहित कंगनाको यस्तो अभिव्यक्तिले सामाजिक सञ्जाल प्रयोगकर्ता र उनको फ्यानमा भने हलचल नै ल्याएको छ। केहीले उनलाई सामाजिक सञ्जालमा ट्राेल गरिरहेका छन्। केहीले भने अचानक कंगनाले किन यस प्रकारको अभिव्यक्ति दिइन् भन्ने बहस चलाएका छन्।

कतिपय दर्शकले भने फेसनका कारण ट्राेलको शिकार भइरहने अर्की अभिनेत्री उर्फी जावेदको समर्थनमा कंगनाले यस प्रकारको अभिव्यक्ति दिएको अड्कल काटेका छन्। कुनै न कुनै बहानामा चर्चामा आउन रुचाउने कंगनालाई भने उक्त तस्विर र क्याप्सन चर्चामा रहने अर्को माध्यम बन्न पुगेको छ।

पछिल्लो समय बक्स अफिसमा फ्ल्प सावित भएको फिल्म धाकडमा देखिएकी कंगना अब छिट्टै फिल्म इमरजेन्सीमा देखिनेछन्। जसमा उनले पूर्वभारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा अभिनय गरेकी छन्।