सागरले मोती बत्तीले ज्योति पायो

0
Shares

भक्तपुर।

गायक नवीन कार्की र गायिका मेलिना राईको स्वरमा हालै सागरले मोती पायो, बत्तीले ज्योति पायो बोलको गीत सार्वजनिक भएको छ।

भिडियोसहित सार्वजनिक गीतले रिलीजलगत्तै साढे दुई लाखभन्दा बढी भ्युअर्स पाएको छ। डा.कृष्णहरि बरालको शब्द रचना र रिमेशकुमार थापाको संगीत रहेको गीतमाथि आकर्षक म्युजिक भिडियोसमेत निर्माण भएको छ। गीतको भिडियोमा कार्टुन क्र्युका सरोज अधिकारी र आश्मा विश्वकर्माले अभिनय गरेका छन्। गीतका शब्द र भावअनुसार संगीत र गायनसँगै अभिनयमा तालमेल देखिन्छ।

गायक नवीनले यसअघि दर्जनौं गीत गाइसकेका छन्। उनको कुवाको पानी उघाई खाए जलुकी पातैमा, महलमा राज होला तिम्रो, आँखाले हेरिनीजस्ता गीत लोकप्रिय छन्। ती गीतमार्फत् उनले विभिन्न अवार्डसमेत प्राप्त गरेका छन्। कार्कीले भारतको गान्धर्व संगीत विद्यालयबाट संगीतमा बिम्युज गरेका छन्।