लाखे’को आइटम ट्रयाक सार्वजनिक

0
Shares

लाखे’को आइटम ट्रयाक सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फिल्मका निर्माताले गीत सार्वजनिक गरेका हुन् ।

दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकी मोडल घिसिङले बिरिसु मिडियाले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड-२०७८ मा फिल्म हेर्न जाउँ बोलको गीतबाट सर्वोत्कृष्ट मोडलको अवार्ड पाइसकेकी छिन् । काठमाडौँ जन्मथलो भएकी सुक्मितले देश विदेशको यात्रासमेत गरिसकेकी छिन । विभिन्न स्टेज कार्यक्रमहरुमा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गरिसकेकी मोडल सुक्मित सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन ।

‘तिम्रो पिरेम’ बोलको गीतमा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी फिचर्ड छन् । हर्कुलस बस्नेतले कम्पोज गरेको गीतमा उनले सदीक्षा कट्टेलसँग गायनमा सहकार्य गरेका छन् । सौरभ लामाको छायांकन र सन्देश शाहले भिडियो सम्पादन गरेका छन् ।

सम्राट बस्नेत निर्देशित मल्टिस्टारर फिल्ममा वर्षा राउत, सुशिल सिटौला, प्रशान्त ताम्राकार लगायतको अभिनय छ । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर र औरिवन प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण भएको हो ।