चौथो छेडेदह कप फुटबलको उपाधि कन्सर्न बाजुरालाई

0
Shares

बाजुरा।

चौथो संस्करणको छेडेदह फुटबल कपको उपाधि पनि कन्सर्न बाजुराले उचालेको छ ।
छेडेदह स्पोर्टस् क्लबको आयोजनामा असोज २६ गतेदेखि संचालन भएको उक्त प्रतियोगितामा रानिवन स्पोर्टस् क्लवलाई ३–२ को अन्तरले पराजित गर्दै यस वर्षको उपाधि पनि कन्सर्न बाजुराले जितेको हो ।

चौथो टेडेदह कपको विजेता बनेको कनर्सन बाजुराले २ लाख ३३ हजार ३ सय ३३ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । भने कपको उपविजेता बनेको रानिवनले १ लाख २२ हजार २ सय २२ नगदसहित ट्रफि, मेडल र प्रदान गरिएको हो ।

बडा दशैं तथा शुभ दिपावलीको अवसरमा छेडेदह स्पोर्टस् क्लवले लगातार ४ वर्षदेखि सो प्रतियोगिता आयोजना गर्दै आईरहेको छ ।
कनर्सन बाजुराले यो वर्षको कप जितेसंगै लगातार चौथोपटक खेलको विजेता बनेको छ ।

त्यस्तै खेलको उत्कृष्ट गोल रक्षक कनर्सन बाजुराका कप्तान कुम्भ देउवा, उत्कृष्ट डिफेण्डरमा कनसर्नकै भागिराम चौधरी र उदयमान खेलाडीमा केपि बा स्पोर्टस् क्लवका डेनिस थापालाई घोषित गरिएको हो ।

पछिललो समयमा बाजुरामा फुटवल तथा क्रिकेट खेल मोहो बडेको छ आयोजक कृष्ण ओलीले भन्नुुभयो। विगत चार वर्ष देखि निरन्तर आयोजना गर्दै आएको खप्तड क्षेडेदह फुटबल प्रतियोगितामा भाग लिन जिल्ला भित्र र बाहिरबाट खेलाडी आउने गरेका छन्। खेल क्षेत्रलाई महत्व दिन स्थानीय तह र जिल्ला बाट आवस्यक थप उललेखनयि सहयोगको खांचो छ ओलीले भन्नुभयो ।