सुनचाँदीको मूल्य बढ्यो

0
Shares

काठमाडौँ।

मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

सोमबार प्रतितोला ९३ हजार ३ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार तोलामा १ सय रुपियाँले बढेर ९३ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य ९२ हजार ९ सय रुपियाँमा कायम भएको छ।

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी तोलामा २० रुपियाँले बढेर एक हजार १८० रुपियाँमा कारोबार भइरहेको महासंघ जनाएको छ।