एथलेटिक्स : सोमलाई कीर्तिमानी स्वर्ण

0
Shares

काठमाडौं ।

नवौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष चार सय मिटरमा त्रिभुवन आर्मी क्लबका सोम कुमालले मंगलबार नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।

कुमालले निर्धारित दुरी ४७।९५ सेकेण्डमा पूरा गर्दै सन् १९९० मा आशाराम चौधरीले चीनमा सम्पन्न एसियन गेम्समा राखेको ४८।३२ सेकेण्डको कीर्तिमान तोडेका हुन् ।

एपिएफका आशिष चौधरीले निर्धारित दुरी ४९।४० सेकेण्डमा पूरा गर्दै रजत जित्दा आर्मीकै प्रकाश दनुवारले ४९।९० सेकेण्डमा पूरा गर्दै कास्य पदक जिते । नवौं राष्ट्रिय खेलकुदमा आर्मीले जितेको यो ६८औं स्वर्ण पदक हो ।