कलाकर्मी मत माग्दै घर-घरमा


आगामी मंसीर ४ मा हने प्रतिनिधि सभा तथा प्रदेश शभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका कलाकर्मीहø पनि राजनितिज्ञको शैलीमा आ-आफ्नो क्षेत्रमा भोट माग्न खटिएका छन्।

यस क्रममा स्वतन्त्र राजनीतिक शक्ति पार्टीबाट काठमाडौं क्षेत्र नं १ कु बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका अभिनेता तथा निर्देशक सम्राट सापकोटाले आफ्नो क्षेत्रका मतदातालाई घर-घरमै पुगेर आफूलाई मतदान गर्न आग्रह गरेका छन्। चार दशकदेखि नेपाली फिल्म तथा नाट्य क्षेत्रमा सक्रिय सम्राट फिल्ममा अभिनय गरेर दर्शकलाई खुसी पारे जस्तै राजनीतिमार्फत देश र जनतालाई खुशी पार्नका लागि आफूले उम्मेदवारी दिएको बताउँछन्।

मतदाताहरूमा मतदान गर्नुपूर्व विगत र वर्तमानको मुलुकको अवास्थाबारे मूल्यांकन गरेर मतदान गर्न अनुरोध गर्दछु। मत जसले पाए पनि असल मान्छेले पाओस् भन्ने मेरो मान्यता होु साढे दुई दर्जन फिल्ममा नायक तथा खल नायकको रूपमा अभिनय गरेका तथा कप्स नामक फिल्मको निर्देशन गरेका सम्राटको भनाइ छ अहिले देशमा जताततै विकृति र विसंगति छ। देश र जनताकाबारे नसोची नेताहरू विदेशीकै इशारामा चलिरहेका छन्। नेपालको शासन नेपाली जनताले नै गर्नु पाउनुपर्छ र नेताहøले नगरेको काम हामी कलाकारले गर्न सक्छौँ भन्ने हिसाबले पनि अगाडि आएको हुँ।

हामी कलाकारहरूमा नेतामा जस्तो लोभ मोह भन्ने हुँदैन। जसरी फिल्ममा इमानदारितापूर्वक अभिनय गरेर दर्शकलाई सन्तुष्ट पार्छौँ, त्यसैगरी, राजनीतिमार्फत पनि जनताको हितमा काम गरेर जनतालाई सन्तुष्ट बनाउँछु। यसपटकको निर्वाचनामा अभिनेत्री, निर्मात्री, निर्देशक तथा राप्रपा नेतृ रेखा थापा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि भोट मागिरहेकी छन्। त्यसैगरी, बलिउड फिल्ममा समेत अभिनय गर्दै आएका अभिनेता, गायक तथा संगीतकार मुरलीधरले राष्टिझय प्रजातन्त्र पार्टीका तर्फबाट मधेस प्रदेश सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि मत मागेका छन्।

फिल्म निर्माता तथा अभिनेता रोज राणा प्रदेश सभाका लागि नेपाली कांग्रेसका तर्फबाट प्युठान १ खु बाट उम्मेदवार छन्। फिल्म निर्देशक मनोज पण्डितले काभ्रे २ बाट स्वतन्त्र उम्मेदवार छन्।अभिनेता तथा निर्माता मधुकुमार श्रेष्ठ प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका तर्फबाट धादिङ १ का लागि उम्मेदवार छन्। गायक तथा संगीतकार सञ्जय श्रेष्ठ काठमाडौं ६ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार छन्। हास्यकलाकार मधुसूदन पाठक (सिते बा) प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्।

गायिका कोमल वली नेकपा एमालेबाट दाङ क्षेत्र नं ३ का लागि प्रतिनिधि सभाको उम्मेदवार छिन् भने अभिनेता राज तिमल्सिना काठमाडौ क्षेत्र नं २ क बाट प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार छन्। फिल्म निर्माता तथा राजनीतिज्ञ रघु परियार जनता दलको तर्पmबाट समानुपातिक सूचीमा १५औँ स्थानमा परेका छन्। अन्तराष्टिझय सम्पर्क राम्रो भएको र नेपाली राजनीति बुझेको युवा भएकोले उनको नाम सिफारिस गरिएको दलले जनाएको छ। दलका वरिष्ठ उपाध्यक्षसमेत रहेका रघुले आफ्नो नाम सर्वसम्मत रूपमा चयन भएकोमा खुसी व्यक्त गरे।

रघुले गत महिना बलिउड निर्माता तथा निर्देशक पुष्कर झासँगको सहकार्यमा सायरा नामक फिल्म निर्माणको घोषणा गरेका छन्। पार्टीबाट उम्मेदवारी दिएका कलाकर्मीले आ-आफ्नो क्षेत्रको घर-घरमा पुगेर पार्टीका एजेन्डा बोकेर मत मागिरहेका छन् भने स्वतन्त्र उम्मेदवारहरूले स्वतन्त्र प्रतिनिधिले नै देश र सम्बन्धित क्षेत्रमो विकास गर्न सक्ने दाबी गरेर भोट मागिरहेका छन्।