कुस्तीमा दुई खेलाडी घाइते

0
Shares

नवलपरासी।

नबौं राष्ट्रिय खेलकुद अन्तरगत पूर्वी नवलपरासीमा जारी कुस्ती खेलका दुई खेलाडी घाइते भएका छन् ।
घाईते हुनेमा सुदुर पश्चिम प्रदेश र नेपाल प्रहरीबाट सहभागी खेलाडी रहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बिष्णुलाल श्रेष्ठले बताउनु भयो।

आइतबारको एपिएफ र सुदुर पश्चिम बीचको स्पर्धामा भिमदत्त १७ निवासी २४ वर्षीय कुस्ती खेलाडी टीका चन्दको हात भाचिएको थियो ।
कुस्ती खेलकै क्रममा सोमबार नेपाल पुलिसबाट सहभागी धवलकोट ८ दार्चुला निवासी १६ बर्षकी खेलाडी संगीता पाललाई हातमा चोट लागेर घाईते भएकीछन् ।
घाईतेको अहिले चितवनमा स्वास्थ्य परीक्षण भईरहेको बताईएको छ ।

नवौं राष्टिय खेलको कुस्ती तर्फ ७ प्रदेश सहित ३ विभागीय टोलीका ५९ महिला तथा ९१ पुरूषको सहभागिता रहेको छ ।
यसरी नै नवलपरासीमै जारी सेपाकताक्रो महिला तथा पुरूष डबल्स दुबैतर्फ नेपाली सेनाले स्वर्णपदक हात पारेको छ । खेल जारी रहेको र सोमबार सांझ सम्ममा कुस्ती र सेपाकताक्रो थप परिणामहरू निस्कने जिल्ला खेलकुद विकास समिति अध्यक्ष सेत बहादुर पुनले बताउनु भयो ।