विविध कार्यक्रम गरी मनाइयो प्रहरी स्थापना दिवस

0
Shares

नवलपरासी।

६७ औं प्रहरी दिवस २०७९ जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले विविध कार्यक्रम गरी मनाएको छ ।

नेपाल प्रहरी दिवसका दिन आज (सोमबार) जिल्ला प्रहरी परिसरमा भब्य कार्यक्रमको आयोजना गरी प्रहरी दिवस मनाइएको हो ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पूर्वप्रहरी तथा प्रहरी परिवार , जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा प्रमुखहरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा कार्यक्रमका अध्यक्ष एवं जिल्ला प्रहरी प्रमुख भूवनेश्वर तिवारीलेले प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्धारा जारी प्रहरी दिवसको शुभकामना सन्देश बाचन गर्नु भएको थियो ।

प्रहरी दिवसका सन्दर्भमा बिरामीहरुलाई रक्त अभाव नहोस भन्दै असोज २५ गते रक्तदान कार्यक्रमको आयोजना गरेर जिल्ला प्रहरीले विविध रचनात्मक कार्यको शुभारम्भ गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी, घिमिरेको प्रमुख आतिथ्यतामा गरिएको रक्तदान कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरिक्षक भूवनेश्वर तिवारी सहित १० प्रहरी कर्मचारीले रक्तदान गर्नु भएको थियो ।

यसैगरी प्रहरी दिवसकै सन्दर्भमा २६ गते जिल्लाको मौलाकाली, दाउन्नेदेवी मन्दिर,कावासोतीको नर्मदेश्वर शिवालय लगायतका सार्वजनिक स्थलहरुको प्रहरीले सरसफाई कार्य गरेको छ ।

प्रहरी दिवसकै अवसरमा योंगस्टार कभर्डहलमा असोज २७ गते प्रहरीले अन्तर युनिट ब्याडमिन्टन खेलको प्रतिस्पर्धा गरेको थियो ।

जिल्ला भित्रका प्रहरी कर्मचारीको १६ टिम सहभागी ब्याडमिन्टन खेल प्रतियोगितामा प्रहरी उपरिक्षक भूवनेश्वर तिवारी र प्रहरी निरीक्षक भिमसेन घिमिरेको टोली प्रथम भएको छ ।

यसरी नै प्रहरी वरिष्ठ नायब निरीक्षक जगत ढकाल र प्रहरी जवान कुश कुमार यादवलाई प्रतियोगितामा दोस्रो स्थान हात लागेको थियो ।
सेमी फाईनल पुग्नेमा प्रनाउ सन्तोष पाठक र प्रज राज बिक तथा प्रसनी टेकलाल डुम्रे र प्रसह बिनोद थापा समूह रहेको छ ।

प्रहरी दिवस मनाउने क्रममा विविध सामाजिक उत्तर दायित्वका कार्य गर्दै आएको प्रहरीले ३० गते जिल्ला प्रहरी कार्यालय हाताभित्र आँप , लिची अम्बा सहितका ५२ वटा फलफूलका बिरुवा रोपेको थियो ।