काभ्रेमा ६४ उम्मेदवार प्रतिस्पर्धामा 

दलित एक, महिला दुई 

0
Shares

काभ्रे। 

आगामी मसिंर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि जिल्लाबाट ६४ जनाको उम्मेदवारी कायम भएको छ । दर्ता गरेका मध्ये प्रतिनिधि सभा एकमा तेमाल १ घर भएका ३२ वर्षीय पूर्णबहादुर विश्वकर्माले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । उनी जिल्लाका एक मात्र दलित उम्मेदवार हुन् ।

त्यस्तै प्रतिनिधि सभा १ मा एक काठमाडौँ १० बुद्धनगर घर भएकी ५६ वर्षीया रुकमणी श्रेष्ठले उम्मेदवारी दर्ता गरेकी छिन् । प्रतिनिधि सभा तर्फ उनी एक मात्र महिला उम्मेदवार हुन् । तर उनको मतदाता सूची काभ्रेमा छैन ।

त्यस्तै प्रतिनिधि सभा २ को प्रदेश सभा ख मा मुना तामाङले नेमकिपाका तर्फबाट उम्मेदवारी दिएकी छिन् । जिल्लामा दुई मात्रै महिला उम्मेदवार छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ मा नेकपा एमालेको तर्फबाट पूर्व राज्यमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य रेशम लामाले मनोनयन दर्ता गराएका छन् । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नेता पूर्व राज्यमन्त्री सूर्यमान दोङको मनोनयन दर्ता भएको छ ।

प्रदेश सभा तर्फ क मा एमालेका दिलीप तामाङ र ख मा एमालेका चन्द्र लामाको मनोनयन दर्ता भएको छ । चन्द्र यस अघि पनि सोही प्रदेशबाट विजयी भई मन्त्री समेत भईसकेका छन् । गठबन्धनको तर्फबाट माओवादीका रत्न ढकाल क प्रदेश र ख प्रदेशमा नेपाली काँग्रेसका जिल्ला सभापति तीर्थ लामाको मनोनयन दर्ता भएको छ । प्रतिनिधि सभामा कमलबहादुर लामा मंगोलनेशनल, गणेशकुमार कपाली नेकपा माले, गोविन्दराज गिरी राप्रपा नेपाल, जीतबहादुर मोक्तान, नेपाल कम्युनिष्ट पार्टी परिवर्तनका जोगमान लामा, जनता समाजवादी पार्टीका धनबहादुर तामाङ, स्वतन्त्रका निमा बल तामाङ, राप्रपाका पूर्णबहादुर विश्वकर्मा, नेमकिपाका पूर्ण सिं तामाङ, लोकतान्त्रिक समाजवादीका प्रकाश लामा, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका प्रशान्त केसी तिमल्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका बसुनारायण श्रेष्ठ, स्वतन्त्र तर्फ माधवप्रसाद कँडेल, राजन घोरसाईने, रुकमणी श्रेष्ठ र ज्ञानेन्द्रबहादुर तामाङ रहेका छन् ।

सोही प्रतिनिधि सभाको क मा नेकपा मालेका ङेमा लामा, मंगोल नेशनल अर्गनाईजेशन चन्द्रमान लामा, स्वतन्त्र ठुले तामाङ, नेकपा एमालेका दिलीप भनिने दिलबहादुर तामाङ, राप्रपाका नन्दलाल श्रेष्ठ, नेमकिपाका प्रज्ञान अस्तानी मगर, नेपाल कम्युनिष्ट पार्टी परिवर्तनका विजबहादुर लामा थिङ, जनता समाजवादी पार्टीका मानबहादुर तामाङको उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै प्रदेश सभा ख मा नेमकिपाका कृष्णबहादुर तामाङ, मंगोल नेशनल अर्गनाईजेशनका जनकबहादुर तामाङ, नेपाली काँग्रेसका तीर्थबहादुर लामा, स्वतन्त्र दुर्गाबहादुर घर्ती, नेपालका लागि नेपाली पार्टीका नरमान लोप्चन, स्वतन्त्र विश्वेश्वर बन्जारा, जनता समाजवादी पार्टी नेपालका बुद्धबहादुर लामा र राप्रपाका सहदेव भण्डारीको उम्मेदवारी दर्ता भएको छ ।

प्रतिनिधि सभा २ मा पूर्व मन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटा, मंगोलनेशनल अर्गनाईजेशनका अचम्म लामा, नेपाल कम्युनिष्ट पार्टी परिवर्तनका उत्तरमकुमार लामा, स्वतन्त्र कृष्ण खत्री, नेमकिपाका कृष्णकुमार वैद्य, नेपाल नौलो जनवादी पार्टीका गंगालाल श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईँ, स्वतन्त्र बोधनाथ न्यौपाने, मनोज पण्डित, राप्रपाका यस आले मगर, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका योकबहादुर घिसिङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विजय तामाङ, नेपाली काँग्रेसका शिवप्रसाद हुमागाईँ, स्वतन्त्र शेषराज लामिछाने, जनता सामाजवादी नेपालका सिद्धिबहादुर जोशी र स्वतन्त्र स्वयम्भूराज शाक्य लगायत छन् ।

प्रदेश सभा क मा एमालेका कुमारप्रसाद खकुरेल, नेमकिपाका सुर्यलाल तामाङ, हाम्रो नेपाल पार्टीका ताराबहादुर कुँवर, मंगोल नेशनल पार्टीका मुस्कान लामा, एकिृत समाजवादीका लक्ष्मण लम्साल र राप्रपाका रञ्जिव श्रेष्ठ रहेका छन् । प्रदेश ख मा एमालेका कुमार थापा, नेमकिपाका मुना तामाङ, मंगोल नेशनल पार्टीका सुकमान तामाङ, नेपाली काँग्रेसका कञ्चनचन्द्र बादे, नेकपा मालेका दानबहादुर थापा, जसपाका विरबहादुर तामाङ, नेकपा समाजवादीका वसुन्धरा हुमागाईँ र राप्रपाका रामकृष्ण लामा तामाङले उम्मेदवारी दिएका छन्