युवाको कथामा लभ नम्बर २२


पछिल्लो समयमा सिनेमा हलको अलावा फिल्म व्यवसायमा डिजिटल मार्केटले धेरै नै फड्को मारेको छ।
डिजिटल मार्केटको बिस्तारसँगै वेब सिरिजको निर्माण पनि बढेको छ।

यसै क्रममा एसियन म्युजिकले नेपालमा उदाइरहेको ओटीटी प्लेटफर्म फोपिसँग मिलेर नयाँ सिरिज लभ नम्बर २२ बनाएको छ। लभ नम्बर २२ आइतबार ओटीटी प्लेटफर्म फोपिमा रिलिज भएको छ। हालका युवा पुस्ताको कथा बोल्ने सिरिजले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने यसको निर्माण समूहको विश्वास छ।

सरिन पोखरेलको कथा र निर्देशनमा तयार भएको सिरिजलाई संकल्प भुजेलले छायांकन र कृष्ण भण्डारीले सम्पादन गरेका छन्। ईश्वर गुरुङ र इभान गुरुङले निर्माण गरेको सिरिजमा अमृत ढुंगाना, रक्षा थापा, अमितेश शाह, अस्मिता खनाल, रिवाज लामा, सेजल गौतम, नारायण प्रधान, स्वर्णीमा खतिवडालगाएत कलाकारले अभिनय गरेका छन्। वसन्त अधिकारी एसोसियट निर्देशक रहेको सिरिजमा खगेन्द्र श्रेष्ठ र दीपेन्द्र तामाङ सह-निर्माता रहेका छन्।