गीतकार पंगेनी पोखरामा सम्मानित

0
Shares

गीतकार प्रकट पंगेनी शिवु पोखरामा गीतकार सम्मान–२०७९ बाट सम्मानित भएका छन्। गीतकार प्रतिष्ठान, नेपालले शनिबार पोखरामा आयोजना गरेको दोस्रो वार्षिक साधारण सभाका अवसरमा पंगेनीलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त, प्रतिष्ठानकै संस्थापक सदस्य सचिव तीर्थ श्रेष्ठ र संस्थाका अध्यक्ष हरिहर खनियाँले नगद पाँच हजार पाँच सय ५५ रुपियाँसहित सो सम्मानबाट सम्मानित गरेका हुन्। सम्मान ग्रहणपछि पंगेनीले साहित्यका विभिन्न विधामा कलम चलाए पनि आप्mनो सर्वप्रिय विधा गीत नै भएको खुलाए।

सम्मानले गीतमै समर्पित हुन थप हौस्याएको भन्दै निकट भविष्यमै आउँदा–जाँदा दोबाटोमा नामक गीत संग्रह प्रकाशन गर्ने तयारीमा लागेको उनले बताए।कार्यक्रममा प्रतिष्ठानकै सहसचिव रुपिन्द्र प्रभावीले पंगेनीको परिचय प्रस्तुत गरेका थिए। सरुभक्तले जुनसुकै विधामा कलम चलाए पनि समाजलाई सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिए भने साहित्यकार तीर्थ श्रेष्ठले आजको समयमा पनि गीतकारले दामका कुरा छोडौँ, नाम नै माग्नुपर्ने अवस्था रहनु विडम्बना रहेको चर्चा गर्दै्र गीतको जननी गीतकार नै भएको, तर गायक(गायिकाको नाम लिएर तिनकै गीत भनिने प्रचलनप्रति असन्तुष्टि व्यक्त गरे। प्रतिष्ठानका अध्यक्ष हरिहर खनियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव अनुराग अधिकारीले प्रस्तुत गरेका प्रगति र आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो।