एकैदिन एक हजारले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

0
Shares

काठमाडौँ ।

साताको पहिलो कारोबारदिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

शुक्रबार प्रतितोला ९४ हजार १ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १ हजार रुपियाँले घटेर ९३ हजार १ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य ९२ हजार ६ सय रुपियाँ कायम भएको छ।

यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी तोलामा २५ रुपियाँले घटेर प्रतितोला एक हजार १६० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।