नेपाल युरोपेली युनियन फिल्म महोत्सव हुने

0
Shares

नेपालस्थित युरोपियन युनियनको डेलिगेसनले ११औँ नेपाल युरोपेली युनियन फिल्म महोत्सव आयोजना गर्ने भएको छ। महोत्सवमा १३ युरोपेली र ३ नेपाली फिल्म नेपाली दर्शक श्रोताहरूमाझ पस्किने भएको छ।

महोत्सव अक्टोबर २८ देखि नोभेम्बर १ अर्थात् कार्तिक ११ देखि १५ गतेसम्म चलचित्र विकास बोर्डमा हुनेछ भने त्यसपछि नोभेम्बर ५ देखि ८ सम्म अर्थात् कार्तिक १९ देखि २२ गतेसम्म मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना गरिने जनाइएको छ। सुर्खेतमा ५ युरोपियन तथा ३ नेपाली फिल्म प्रदर्शन गरिने जनाइएको छ।

हाम्रा नयाँ र पुराना दर्शक श्रोताका लागि गत वर्ष अनलाइनमा ६ हजार दर्शक सहभागी भएका थिए। एउटा सुखद समाचार के छ भने यो वर्ष फिल्म भौतिक र अनलाइन माध्यम गरी मिश्रित विधिबाट महोत्सव आयोजना गरिनेछ। अक्टोबर २८ मा भौतिक कार्यक्रमसहित अनलाइन कार्यक्रमसमेत सुरु हुनेछ।

जुन नोभेम्बर २८ सम्म उपलब्ध हुनेछ। अनलाइन फिल्म महोत्सवमा नेपाली वृतचित्त गोर्खा गर्लसहित आठ चलचित्र हुनेछन् महोत्सवबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कनेपालस्थित युरोपेली युनियनको डेलिगेसनकी कार्यवाहक प्रमुख जोयेले हिभोनेटले भनिन् दुई वर्षको अन्तरालपछि सिनेमाहलमा फेरि जान पाउनु र युरोपका १३ उत्कृष्ट फिल्मका साथै ३ नेपाली फिल्म प्रस्तुत गर्न पाउँदा हामी धेरै उत्साहित छौँ।

सिनेमा सांस्कृतिक र बौद्धिक जीवनको अग्रभागमा रहन्छ र सांस्कृतिक आदान प्रदानलाई प्रवद्र्धन गर्न र हाम्रो जीवनलाई प्रभावित पार्ने सवाललाई हामी कसरी हेर्छाैं भन्ने हाम्रो बुझाइलाई समृद्ध बनाउनका लागि सिनेमा प्रभावकारी माध्यम हो।ु
१३ युरोपियन फिल्ममध्ये रिता हुतानेनले निर्देशन गरेको गड्स् अफ मोलेन्बेक, लोरेन्ट मिचेली र ओस्कारले निर्देशन गरेको लोला र आराश टी. रिहाहीले निर्देशन गरेको अस्कर एन्ड लिलीमा नेपाली सब्टाइटल हुनेछन्।

किरण श्रेष्ठले निर्देशन गरेको एट अनदर विन्टर र विशाल रोक्का मगरले निर्देशन गरेको गोर्खा गल्र्स उत्सवमा देखाइने अन्य दुई नेपाली फिल्म हुन्। महोत्सवको ओपनिध्र फिल्म गड्स अफ मोलेन्बिक रिता हुतानेनले निर्देशन गरेको वृत्रचित्त हो। महोत्सवअन्तर्गत फिल्म र फिल्म निर्माणका विभिन्न पक्षसँग सम्बन्धित तीन पूरक क्रियाकलापको पनि आयोजना हुनेछ। नायिका केकी अधिकारी महोत्सवको सद्भावना दूत रहेकी छन्।