कात्तिक १८ मा आउने भयो लाखे

0
Shares

सस्पेन्स थ्रिलर जनराको प्रतिक्षित फिल्म लाखे पूर्वनिर्धारित मितिभन्दा एक साता पर सरेको छ। आगामी कात्तिक ११ गतेका लागि रिलिज डेट तोकिएको फिल्म ख्यातिप्राप्त हास्यंव्यग्य अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनीत फिल्म महापुरुष प्रदर्शन हुने भएकाले उनीहरूको सम्मानमा एक सातापछिका लागि सारिएको लाखेको निर्माण समूहले जनाएको छ।

फस्र्टलुक र टझेलरबाट चर्चा कमाएको फिल्म अब कात्तिक १८ मा दर्शकमाझ आउने यसको निर्माण समूहले जानकारी गराएको छ। पछिल्लो समय नेपाली फिल्मको व्यापार राम्रो हुँदै गइरहेकाले एउटै मितिमा प्रतिक्षित दुईटा फिल्म प्रदर्शन गर्दा दर्शक बाँडिने तथा दुवै फिल्मलाई असर पर्नेसमेत देखेर आफूहरू एक सातापछि गएको निर्माता डिपी भण्डारीले बताए। ञसिनियर दाइहरूको सम्मान तथा सन्तुलित व्यवसायको पद्धति बसाल्न हामी एक सातापछि गएका हौँ।

यसले दुवै फिल्मलाई फाइदा गर्ने विश्वास हाम्रो छु फिल्मका निर्देशक सम्राट बस्नेत भन्छन्, ठूलो बजेटका फिल्म एक आपसमा जुध्दा अन्ततः दुवैलाई घाटा हुन्छ। त्यसमाथि केही समयको ग्यापपछि हाम्रो आदरणीय दाइहरूको फिल्म आउँदैछ। त्यसैले, हामी एक साता पर जान कत्ति पनि हच्किएनौँ।

सौगात मल्ल, अनुपविक्रम शाही,अर्पण थापा ,आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा रहेको फिल्ममा सिजन अर्यालको कथा र निर्माण रहेको छ। डीपी भण्डारी र गणेश मल्ल ठकुरी (जीएम) द्वारा निर्मित फिल्ममा हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन्।

औरियन प्रोडक्सनले ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको फिल्ममा आकाश बरालको पटकथा, आकाश बराल र अनुप न्यौपाने संवाद, दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत, निर्देशक सम्राटकै द्वन्द्व निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, सुजन प्रजापतिको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ।