वडा अध्यक्षलाई खेती योग्य जमिन जोगाउन चुनौती



पनौती, काभ्रे ।

पनौती नगरको राजधानी रहेको वडा नम्बर ४ भित्र यो वर्ष झण्डै ६ करोड रुपैया खर्चेर सडक निर्माण हुदैछ । जसमा नगरपालिकाले आफ्नो योजनमा २ करोड ६७ लाख खर्च गर्दै छ भने प्रदेशको समपुरक वजेट अन्तर्गत तीन करोड रुपैयाँ खर्च हुदैछ । नगरपालिकाको नाकैमा रहेको टौखाल, शंखेल डीहीगाउ हुदै चामखर्क जाने मुख्य सडकको भने वेवास्था गर्दै सडक निर्माणको लागि वजेट छुट्टाइएको छैन ।

वडा अध्यक्ष दिपकप्रसाद दाहालले जानकारी दिए अनुसार यो वर्ष पनौती बाट काठमाडाैं जानको लागि वैकल्पीक सडकको रुपमा पनौती बासडोल भैसिपाटी सडक आफ्नो वडा भित्र निर्माण सम्पन्न गर्ने तयारी भैरहेको छ । साथै ज्यालाचिटी बाट वडा कार्यालय सम्म आउने सडक पक्कि बनाईने छ । वडा अध्यक्ष दाहालका अनुसार नगरपालिकाको भवन परिसरमा वरिपरि सडक निर्माणको लागि ५० लाख रुपैया छुट्टाइएको छ भने चिडोल तल्लो बाटोको लागि ५० लाख छुट्टाइएको छ ।

खरिवोट लामाडोल हुदै चामखर्क जाने सडकको लागि ५० लाख विनियोजन गरेको नगरपालिकाले शंखेल, डिहीगाउ जाने मुख्य सडक निर्माण मर्मत संभारको लागि कुनै वजेट विनियोजन गरेको छैन । खत्रीगाउको बाटो स्तरउन्नतीको लागि १० लाख रुपैया छुट्टाएपनि शंखेल, डीहिगाउ जाने मुख्य सडक निर्माणमा वेवास्था गरेपछि स्थानीय वासिन्दाहरु जनप्रतिनिधि प्रति आक्रोशित भएका छन् ।चामखर्क र सल्लेलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न दिर्घकालिन योजनाका साथ अघि बढेको बताउदै वडा अध्यक्ष दाहालले पुर्वाधार विकासको सन्दर्भमा सबैभन्दा पहिले त्यहासम्म सडक पु¥याउनु पर्ने बताउनु हुन्छ । पनौती वडा नम्बर ४ मा खेतियोग्य जमिन मासिदै गएको प्रति चिन्तित हुदै वडा अध्यक्ष दाहालले यसको वडा तहबाट केहि गर्न नसकिने बताउनु हुन्छ ।

कम उत्पादन हुने जमिनमा वस्ती निर्माण गरि खेति योग्य जमिनलाई जोगाउन सकिने भएपनि यसको लागि नगरपालिका र माथिल्लो निकायले ध्यान दिनुपर्ने उहाँको भनाई छ । जग्गाको वर्गिकरण गर्दा यो कुरामा ध्यान दिन नगरप्रमुखलाई समेत सुझाव दिएको उहाँ बताउनु हुन्छ । घर घडेरी वडाको माथिल्लो भेगमा राख्न र तल्लो भेगमा खेती गर्ने वातावरण बनाउन चुनौती रहेको भन्दै वडा अध्यक्ष दाहालले आफ्नो तर्फबाट यो काम गर्न प्रयास रहने बताउनुहुन्छ । स्रोत, साधन र श्रम स्थानीय तहमै उपयोग हुने विकास नै दिगो हुने धारण राख्दै वडा अध्यक्ष दाहालले जनपरिचालन र जनश्रमदान शुन्य प्राय भएकोले यसमा पनि वडाले ध्यान दिएको बताउनुहुन्छ ।

तीहार लगत्तै जनश्रमदानबाट लिलावती सिचाईको नहर सफा गरि आलु लगाउने सिजनमा सिचाईको सहज सुविधा उपलब्धता गराउने योजना सुनाउदै उहाले वडाको लगानीमा फलफुल, तरकारीको नर्सरी स्थापना गरिने बताउनु भएको छ । वडाले नर्सरी स्थापना गर्दा जंगलमा लाग्ने फलफुलको विरुवा समेत उत्पादन गरिने उहाँको भनाई थियो ।

वडा नम्बर ४ मा वन प्रसस्त भए पनि वनबाट उपभोक्ताहरुले खासै फाइदा लिन नसकेको उहाको भनाई थियो । ‘वन जोगियो मात्र यसबाट हुनुपर्ने आम्दानी लिन सकिएको छैन’ वडा अध्यक्ष दाहाल भन्नुहुन्छ– वन बाट हुने आम्दानी बढाउने सवालमा उपभोक्ता समितिहरु सक्रिय हुन सकेको देखिएन ।

प्रतिक्रिया दिनुहोस्