प्रचण्ड प्रचारप्रसार गर्दै गोरखामा

0
Shares

काठमाडौं  । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नै निर्वाचन क्षेत्र गोरखा–२ मा चुनावी अभियानमा हुनुहुन्छ । चुनावी अभियानका क्रममा दाहालले शनिबार भूकम्पपछि पुनर्निर्माण गरिएको ऐतिहासिक गोरखा दरबारको अवलोकन गर्नुभएको हो ।

सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका प्रचण्डले गोरखा दरबारको अवलोकन गर्दै गोरखाको ऐतिहासिक विरासत बोकेको गोरखा दरबारको प्रचारप्रसारमा जोड दिनुपर्ने बताउनुभयो ।गोरखामा पर्यटन क्षेत्रको विकासमार्फत जिल्लाको आर्थिक समृद्धिको पर्याप्त सम्भावना रहेको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘यो ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक हिसाबले महत्वपूर्ण जिल्ला हो ।

गोरखाको इतिहासले देशको गरिमालाई उचो पारेको छ । यसको संरक्षण, सम्वद्र्धन र विकासमा मेरो जोड हुनेछ ।’ दरबार अवलोकनका क्रममा गोरखा दरबार संग्रहालयका प्रमुख नवराज अधिकारीले अध्यक्ष प्रचण्डलाई गोरखा दरबारको ऐतिहासिक महत्वलगायत विषयमा जानकारी दिनुभएको थियो ।

अवलोकनका लागि अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, सचिव हितराज पाण्डेलगायतका नेता गोरखा दरबार पुगेका पुगेका थिए । निर्वाचनको तयारीका लागि अध्यक्ष प्रचण्ड शुक्रबारदेखि गोरखामा बसेर जिल्लामा सत्ता गठबन्धन दलका नेता, उद्योगी–व्यवसायी लगायतसँगको छलफललाई तीव्र पार्दै आउनुभएको छ ।