जापानको नागोयामा एक नेपाली युवकको मृत्यु

0
Shares

जापान।

जापानको नागोयामा पोखराका एक युवाको मृत्यु भएको छ ।

पोखरा १६ बाटुलेचौर घर भएका करिब ४० बर्षीय सन्तोष खड्काको ब्लड प्रेसरका कारण शुक्रबार साँझ उपचारकै क्रममा मृत्यु भएको आज अस्पतालले जनाएको छ ।
दुई दिनपहिले ब्लडप्रेसर बढेपछि अस्पताल भर्ना गरिएका खड्कालाई डाक्टरहरुले तत्कालै अप्रेशन गरेपनि स्वास्थ्यमा सुधार हुन नसकेको बताएका थिए ।

अस्पतालले दिएको जानकारी अनुसार खड्काको उपचार कै क्रममा शुक्रबार साँझ मृत्यु भएको हो ।

एक श्रीमती एक छोरी र एक छोरा रहेका खड्काको परिवार यस पटक उनीसँगै दशै मनाउन अहिले जापान आईपुगेका थिए ।

राति सामान्य अवस्थामा सुतेका खड्का विहान ढिलो सम्म नउठेपछि श्रीमतीले उठाउन खोज्दा नउठेपछि बेहोस अवस्थामै अस्पताल भर्ना गरिएको थियो । अस्पतालका डाक्टरका अनुसार ब्लडप्रेसर हिट भएका कारण अप्रेशन गर्नु पर्ने बताएका थिए ।

खड्काको मृत्यु पछि लन्डनमा रहेको दिदी भिनाजु र भाई जापान आईपुगेका छन् ।
खड्काको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल लगिने वा जापानमा मै अन्तेष्टि गर्ने बारे परिवारको सल्लाह पछि जानकारी दिइने जनाइएको छ ।