डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याबिनेट मिटिङ सम्पन्न

0
Shares

कास्की ।

लायन्स क्लब्स् इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याबिनेट मिटिङ सम्पन्न भएको छ । शनिबार एसआर के.सी. बेन्क्यूईट माटेपानी पोखरामा सम्पन्न कार्यक्रम लायन्सका अन्तराष्ट्रिय आइडी इन्डोर्सी बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यता, लायन्स अन्तराष्ट्रियका एलसिआइएफ एरिया लिडर राजन लम्सालको विशेष आतिथ्यतामा तथा डिष्ट्रिक्ट गभर्नर राम बसेलको अध्यक्षतामा भएको थियो ।

डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गर्भनर रामबहादुर बसेलले ‘आई विलिभ ईन टिमवर्क’ भन्ने नाराका साथ सुरु भएको आफ्नो कार्यकालको ३ महिना १४ दिनमा धेरै भन्दा धेरै सेवाका कार्य सम्पादन गर्न सफल भएको जनाउ दिनु भएको थियो । सम्पूर्ण लायन्सहरुको सहयोगबाट डिष्ट्रिक्टलाई सफल डिष्ट्रिक्टको रुपमा लायन्स अन्तराष्ट्रियमा स्थापित गराउन मद्दत पुगेको बताउँदै अति नै उत्कृष्ट ढंगले डिष्ट्रिक्ट अगाडी बढ़ेको समेत जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘बोलेका कुराहरू व्यवाहारमा परिणत भएका छन् , आगामी दिनका लागि चुनौती थपिएका छन, यसलाई कायम राख्न सक्ने की नसक्ने ?’

लायन्स अन्तराष्ट्रियले जुलाई र अगस्ट महिनामा ‘छिटो सुरुवात कस्ले गर्छ’ भन्ने इशामे लेबलको अवार्ड राखेको थियो । यो अवार्ड इशामेमा मात्र सिमित नभई विश्वभर रहेका ७६० वटा डिष्ट्रिक्ट मै डिष्ट्रिक्ट ३२५ आई नेपाल मेम्बरशिप ग्रोथमा विश्वको नम्बर एक भएको गर्भनर बसेलले जानकारी दिनुभयो ।

गर्भनर बसेलले डिष्ट्रिक्ट ३२५ आई रि–डिष्ट्रिक्टीङ पछिको पहिलो कार्यकाल भएको बताउदैे पहिलो प्राथमिकता जग बलियो बनाउन केन्द्रित भएको बताउनु भयो । काठमाडौं र पोखरामा स्थायी डिष्ट्रिक्ट सचिवालय (विल्डिङ), कमजोर क्लबलाई विशेष ध्यान दिएर बलियो बनाउने, क्लब सदस्यहरूलाई आजिवन सदस्य बनाई पर्मानेन्ट क्लब बनाउने मुख्य कार्यक्रम रहेको साथसाथै लिड़रशिप, फेलोसिप र सामाजिक सेवाका कार्यमा जोड दिइएको लगाएत डिष्ट्रिक्ट ३२५ आई नेपाललाई उत्कृष्ट डिष्ट्रिक्टका रूपमा स्थापित गराई गतिवान र सक्रिय बनाउन लागि परेको बसेलले बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि आइडी इन्डोर्सी बालकृष्ण बुर्लाकोटीले ३ महिनाको छोटो अवधिमा डिष्ट्रिक्ट गभर्नर बसेलको सफल नेतृत्वले नेपालका सबै लायन्सलाई गौरव महसुस गर्ने वातावरण बनेको बताउदै सर्भिस, फेलोशिप र लिड़रशिपमा घेरै कार्यहरु सम्पादन गर्न सफल डिष्ट्रिक्टले उत्साहका साथ काम गरिरहेकामा गभर्नरको खुलेर प्रशंसा गर्नु भएको थियो ।

यसैगरी, एलसिआइएफ एरिया लिडर राजन लम्सालले डिष्ट्रिक्टले संचालन गरेका सामाजिक कार्यक्रमहरु तत्कालीन र दीर्घकालीन रुपमा निकै उपलब्धीपूर्ण रहेको बताउनु भयो । लम्सालले यसबर्ष लायन्स अन्तराष्ट्रियमा कन्ट्रिव्युसन हुने एलसिआइएफ र क्याम्पियन १०० को सम्पूर्ण रकम लायन्सले सञ्चालन गरेको ब्लड बैकको खातामा जम्मा हुने जानकारी समेत गराउनु भयो ।

डिष्ट्रिक्ट ३२५ आइ नेपालका डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट ३२५ के का डिष्ट्रिक्ट गभर्नर राजेन्द्र बाटाजु, निवर्तमान मल्टीपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका, फस्ट भिडिजी चन्द्रकुमार केसी, सेकेण्ड भिडिजी विनोद ढुंगाना, पूर्व डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्साल, क्याविनेट सेक्रेटरी हरिराज पन्त, लियो काउन्सिल प्रेसिडेन्ट सुदाम लामिछाने लगायतले डिष्ट्रिक्ट ३२५ आई नेपाल सबै हिसावले डिष्ट्रिक्टलाई विश्वसामु चिनाउन सफल रहेकामा डिष्ट्रिक्ट गभर्नर सबैको आशाको केन्द्र बिन्दु रहेको बताउनु भएको थियो ।

सो अवसरमा गभर्नर बसेलले क्याविनेटमा रहेर उत्कृष्ट कार्य गर्ने डिष्ट्रिक्टका विभिन्न तहका पदाधिकारी, क्लब अध्यक्ष तथा क्लब पदाधिकारीलाई सम्मान समेत गर्नु भएको थियो ।

कार्यक्रममा झण्डै १ हजार जना लायन्स सदस्यहरुको उपस्थिति रहेको क्याबिनेट सेक्रेटरी हरिराज पन्तले जानकारी दिनुभयो ।


दोस्रो क्याविनेट मिटिङको आयोजक क्लब लायन्स क्लब अफ पोखरा अभियानले निकालेको स्मारिका र डिष्ट्रिक्ट सचिवालयले प्रकाशन गरेकोे मासिक बुलेटिनको विमोचन गरिएको थियो । क्याविनेट सेक्रेटरी हरिराज पन्तले सचिवको प्रतिवेदन र क्याविनेट ट्रेजरर सूर्यनारायण बरालले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गनुभएकोे थियो ।

आयोजक क्लब लायन्स क्लब अफ पोखरा अभियानले दोस्रो क्याविनेट मिटिङ सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग गर्ने क्लबका अध्यक्षहरु, रिजन चेयरपर्सन, जोन चेयरपर्सन लगाएतलाई क्लब अध्यक्ष कृष्ण लम्साल, कार्यक्रमका संयोजक प्रेम दाहाल, सेकेण्ड भाईस डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगानाले अर्वाड समेत गर्नु भएको थियो ।