सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्न सुरु

0
Shares

सिन्धुली ।

राष्ट्रिय गौरवको रुपमा रहेको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीयआयोजनाको टनेल खन्न आजबाट सुरु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका २ कुसुमटारमानिर्माणाधिन सुनकोशी–मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) बाट सुरुङ खन्नलागेको हो ।

आजऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीपम्फा भुसाल, सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीयआयोजनाका प्रमुख मित्र बराललगायतले आयोजनास्थलमा जडान भएको टनेल बोरिङ मेसिन (टीबीएम)को अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।

मन्त्री भुसालको उपस्थितीमा सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले टनेल खन्न सुरु गरेको हो । आयोजनाको सुरुङ खन्न ठेक्कापाएको कम्पनी चाइना ओभरसिज कक्स्ट्रक्सन कम्पनी लिमिटेडले २२महिनाभित्रै सुरुङ खनिसक्ने गरी तालिका बनाएको छ । भौगर्भिक रुपमा कुनै समस्या नआए निर्धारित समय तालिकाभित्रै सुरुङ खन्ने काम सकिने प्रमुख बरालले बताउनुभयो ।

तामाकोसी र सुनकोसी मिसिने स्थानभन्दा७ सय मिटर तलबाँधबाँधेर सुनकोसीको पानी१३.३ किलोमिटर सुरुङमार्फत मरिण खोलामा पानी खसालिनेछ । मरिणको पानी बागमतीमा पुग्ने छ र बागमती सिंचाइ आयोजना मार्फत थप एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा पु¥याउन सकिनेछ । मरिणमा खसेको पानी ४० किलोमिटर तल बागमतीनदीमा बाँधिएको बाँधमापुगेर सिंचाइनहरमा लगिनेछ । यो आयोजनाबाट मधेश प्रदेशकोधनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिंचाइ सुविधापुग्ने र ३१.७ मेगावाट बिजुली पनि उत्पादनहुने आयोजना प्रमुख बरालले बताउनुभयो । अमेरिकीकम्पनी रोबिन्सले बनाएको टीबीएमले शुक्रबारदेखि मरिनखोलातर्फबाट सुरुङ खन्न सुरु गर्ने आयोजनाप्रमुख बरालले बताउनुभयो ।

यो आयोजनाको ठेक्कानलाग्दै तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले २०७७फागुन २० गते शिलान्यास गरेकाथिए । यो आयोजनामुख्य रुपमा सिँचाइमा केन्द्रित छ । तर, पानी डाइभर्सन गर्दा बिजुलीपनिउत्पादनहुने भएकाले यसलाई बहुउद्देश्यीय आयोजना भनिएको हो । सिंचाइविभागले यो आयोजनालाई मधेश प्रदेशको कृषि क्षेत्र सुधारको अभियान रुपमाब्याख्यागर्दै आएको छ । बागमतीप्रदेशको जलस्रोतलाई मधेश प्रदेशमा पु¥याएर कृषिउत्पादन बढाउन आयोजनाफलदायीहुने सरकारको विश्वास छ ।यो आयोजनाबनेपछि सुनकोसीको ६४ क्युबिक मिटर प्रतिकेन्ड पानी मरिनमाझर्नेछ ।