कांग्रेसबाट प्रतिनिधिसभाका लागि समानुपातिक बन्दसूचीमा समावेश नामावली यस्तो छ


काठमाडौं,१९ असोज । नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको बन्दसूचीको अन्तिम नामावली सार्वजनिक भएको छ । असोज १६ गते कांग्रेसले संशोधित सूची निर्वाचन आयोगमा बुझाएको थियो । त्यसअघि नेपाली कांग्रेसले लगातार २४ घण्टासम्म छलफल गरेर समानुपातिकका उम्मेदवारहरुमा सहमति जुटाएको थियो ।

बन्दसूची अनुसार खस आर्य महिलाको पहिलो नम्बरमा अम्ब्रीका बस्नेतलाई राखिएको छ । सुरुमा पहिलो नम्बरमा राखिएको प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको नाम खसआर्यको महिला तर्फको तेस्रो नम्बरमा राखिएको छ ।

यस्तै गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुको नाम छैटौं नम्बरमा छ । महिला तर्फ दोस्रो नम्बरमा झापाकी सरीता प्रसाईं हुनुहुन्छ । यसैगरी पुरुषतर्फ पहिलो नम्बरमा कांग्रेस प्रवक्ता प्रकाशरण महतको नाम राखिएको छ । दोस्रोमा बसन्त भट्टराई र तेस्रोमा आनन्द प्रसाद ढुंगाना हुनुहुन्छ । जनजाति पुरुषमा गापालमान श्रेष्ठ र महिलामा सरस्वति बजिमयलाई राखिएको छ ।

त्यस्तै मधेशीतर्फ पुरुषमा बिमलेन्द्र निधि र महिलामा नगिना यादव छन भने दलित पुरुषको पहिलो नम्बरमा सहमहामन्त्री जीवन परियार र महिलामा शान्ति परियारलाई समेटेको छ । नेता डा. शेखर कोइराला समुहको व्यापक दवाव पछि लामो छलफल गरेर संस्थापन पक्षले नामावली सच्याउन सहमत भएको थियो ।

यस्तो छ नामावलीको पूर्ण विवरण :