रसुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना

0
Shares

रसुवा १७ असोज । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्ला सदरमुकाम धुन्चेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आइतबार जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरि जिल्ला न्यायधीश एवम मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडलले कार्यालयको उद्घाटन गर्नु भएको हो ।

उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नवराज जैसी , जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरिक्षक कुलदिप चन्द , सशस्त्र प्रहरीका प्रमुख पङकच चन्द ,अनुसन्धान प्रमुख सविन श्रेष्ठ , जिल्ला निर्वाचन अधिकारि श्रीराम थापा लगायत सहभागी हुनुहुन्थो । मंसिर ४ गते हुने निर्वाचन स्वच्छ निष्पक्ष रुपमा सम्पन्न गर्न आफुहरु तयार रहेको पनि उहाले भन्नु भयो । उहाले निर्वाचन सम्पन्न गर्नका लागि सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको समेत बताउनु भयो ।

आयोगका अनुसार असोज २३ गते प्रतिनिधिसभा तथा प्रदेश सभा क्षेत्रमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुनेछ भने असोज २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । पाँचवटा गाउँपालिका रहेको रसुवामा २७ वटा वडा रहेका छन । यस जिल्लामा ३९ हजार ४ सय ५९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्लामा ३४ वटा मतदान केन्द्र र ५१ वटा मतदानस्थल तोकिएको छ।