जसपाले एक्लै चुनाव लड्ने

0
Shares

काठमाडौं।

जनता समाजवादी (जसपा) नेपालले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा कसैसँग पनि तालमेल नगर्ने भएको छ ।

आज बसेको जसपा कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णयसँगै पाँचदलीय गठबन्धनमा फुट आएको छ । गठबन्धन निर्माणको मुख्य घटक दलका रुपमा रहेको जसपा बाहिरिएसँगै अब गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा एस र जनमोर्चा मात्रै रहने भएका छन् ।

बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ ‘ हाम्रो पार्टीको समेत सहभागितामा रहेको ५ दलीय गठवन्घनमा आगामी हुने संघीय संसद र प्रदेश सभा सदस्यको निर्वाचनमा सिटको तालमेल को सम्वन्घमा भई रहेको सिट बांटफांडसम्बन्धी छलफलमा हाम्रो पार्टीको लागि सन्तोषजनक अवस्था नदेखिएको हुंदा यसका अतिरिक्त सम्भव भए सम्म विकल्प को रूपमा अन्य राजनीतिक दलहरूसंग पनि निर्वाचनमा सिटको तालमेल गर्न सकिने छ । सो पनि हुन नसकेको अवस्थामा जसपा नेपाल एक्लै निर्वाचनमा भाग लिने निर्णय गरिन्छ ।’