धादिङ दुर्घटना अपडेट : मृतक दुईजनाकै सनाखत

0
Shares

धादिङ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १० हनुमानडाँडा नजिकै शनिबार दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ भने ८ जना घाईते भएका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ सल्यानटारमा अायाेजना गरिने महाेत्सबकाे सामान बाेकेर जाँदै गरेकाे ना ४ ख ८०४१ नम्बरको गाडी सडकमा पल्टिएर दुर्घटना भएकाे हाे । दुर्घटनामा कपिलवस्तु घर भएका ३५ वर्षीय इन्द्रजित पासी र २५ वर्षीय सद्दाम अन्सारीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्यामबहादुर खत्रीले बताउनुभयाे । घुम्ती सडकमा भएको दुर्घटनामा विनोद चामर र तुलसीराज पासीलाई जिल्ला अस्पतालले काठमाडौं रिफर गरेको छ ।

सल्यानटारमा असाेज २८ देखि हुने स्थानीय महाेत्सवमा स्टलकाे सामान लिएर जाँदै गरेकाे ट्रक माेडमा पल्टेकाे प्रत्यक्षदर्शी मनिस तामाङले बताउनुभयाे ।

दुर्घटनापछि अन्य सवारीसाधनमा अाउनेहरुले ८ जना घाईतेकाे उद्धार गरि धादिङ अस्पतालमा पठाईएकाे थियाे । घाइते मध्ये ५ जनाकाे अवस्था गम्भीर रहेकाे छ भने २ जनाकाे अवस्था सामान्य छ ।

दशैकाे मुखमा काम गर्न अाएका मजदुरहरु र चालक समेत घाईते भएका हुन् । उनीहरुकाे धादिङ अस्पतालमा उपचार भईरहेकाे छ । २ जनालाई ट्रमा सेन्टरमा रिफर गरिएकाे छ ।