पर्वतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

0
Shares

पर्वत।

आगामी संघ तथा प्रदेशसभा निर्वाचनका लागि पर्वतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । पर्वत जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको शनिबार शुभारम्भ गरिएको हो ।

पर्वतका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालतका न्यायधीश आनन्द श्रेष्ठले कार्यालयको उद्घाटन गर्नुभयो । कार्यालय उद्घटन गर्दै मुख्य निर्वाचन अधिकृत श्रेष्ठले आगामी निर्वाचनलाई निष्पक्ष र शान्तिपुर्ण रुपमा सम्पन्न सबैलाई सहयोगका लागि आग्रह गर्नुभयो । निर्वाचनलाई मर्यादित बनाउनका लागि राजनैतिक दल, सुरक्षा निकाय, नागरिक समाज, सञ्चार क्षेत्र तथा आम मतदाताको पनि उत्तिकै महत्वपुर्ण भूमिका हुन्छ भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले निर्वाचनलाई भय रहित र शान्तिपुर्ण रुपमा सम्पन्न हुने कुरामा बिश्वस्त हुन आग्रह गर्नुभयो । गएको स्थानीय निर्वाचनमा कतिपय स्थानमा भएका निर्वाचन आचारसंहिता बिपरितका गतिबिधीलाई राजनैतिक आधारमा सुरक्षा निकायले डिल गरेको तथा कतिपय उमेदवारलाई जिताउनका लागि निर्देश दिएको आरोप समेत लागेको थियो । प्रजिअ सापकोटाले चुनाबमा सबै सुरक्षा निकायले निष्पक्ष रुपमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

आजै पर्वतमा जिल्ला आचारसंहिता अनुगमन समितिको बैठक समेत बसेको छ । बैठकले आचार संहिता अनुगमनलाई कडाईका साथ लागु गर्ने निर्णय गरेको छ । आचारसंहिता पालना गर्ने दायित्व सबै पक्षको भएको र उल्लंघन गर्नेलाई सचेत बनाउने र काबार्ही गरेर निर्र्वाचनलाई मर्यादित बनाउनुपर्ने धारणा सहभागीहरुले राखेका थिए ।

निर्वाचन आचारसंहिता असोज १२ गते देखि लागू भएको छ । पर्वतमा भने आचारसंहिता लागू भएको दोस्रो दिनमा गण्डकी प्रदेशकी स्वास्थ्य मन्त्री मधुमाया अधिकारीले सरकारी सवारी साधनको दुरुपयोग गर्दै पार्र्टी प्रबेश कार्यक्रममा सहभागी भएको पाइएको छ । मन्त्री अधिकारी कुस्मा नगरपालिका १४ आर्थर डाडास्वारा गाउामा आफ्नो सरकारी सवारी साधनमा झण्डा हल्लाउँदै पुगेर बिभिन्न पार्टी परित्याग गरि माओबादीमा प्रबेश गराउनुभएको थियो । तर आचारसंहिता उल्लंघन गर्ने जो सुकैलाई काबाही हुनुपर्नेमा बैठकका सहभागीले आवाज उठाएका थिए ।

यस पटकको प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहितामा गरिएका परिर्वतन र नयाँ ब्यबस्थाहरुमा जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो ।