दुर्घटनामा एककाे मृत्यु, ७ घाइते


धादिङ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १० हनुमानडाँडा नजिकै शनिबार दिउँसो सवारी दुर्घटना हुँदा एककाे मृत्यु भएकाे छ भने ७ जना घाईते भएका छन् ।
कपिलबस्तुबाट धादिङबेसी हुँदै सल्यानटार जाँदै गरेकाे ना ४ ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्यामबहादुर खत्रीले बताउनुभयाे ।

दुर्घटनामा एकजना पुरुषकाे मृत्यु भएकाे छ । मृतककाे सनाखत भएकाे छैन ।
सल्यानटारमा असाेज २८ देखि हुने स्थानीय महाेत्सवमा स्टलकाे सामान लिएर जाँदै गरेकाे ट्रक माेडमा पल्टेकाे प्रत्यक्ष दर्शी मनिस तामाङले बताउनुभयाे ।

दुर्घटनापछि अन्य सवारीसाधनमा अाउनेहरुले ७ जना घाईतेकाे उद्धार गरी धादिङ अस्पतालमा पठाईएकाे छ ।
घाइते मध्ये ५ जनाकाे अवस्था गम्भीर रहेकाे छ भने २ जनाकाे अवस्था सामान्य छ ।