लिक्क वयाः गीत अंग्रेजीमा अनुवाद गर्न मेयर महर्जनलाई आग्रह



‘ लिक्क वयाः धाल हँ ’ भन्ने बोलको गीत सम्भवतः १७ वर्षको अवधिमा धेरै नै गुञ्जिएको नेपाल भाषाको चर्चित गीत हो। यो गीत नगुञ्जिएको सांस्कृतिक कार्यक्रम शायदै नै हुनुपर्छ।यही गीत अब म्युजिक भिडियोमा हेर्न र सुन्ने समेत पाइने भएको छ ।

निर्मलरत्न शाक्यको रचना, वरिष्ठ संगीतकार मनराज नकर्मीको संगीत र गायिका रत्नशोभाको स्वरले सुसज्जित म्युजिक भिडियाको विहीबार प्रिमिएर शो देखाइयो।देवकुमार श्रेष्ठको निर्देशन रहेको सो म्युजिक भिडियोमा नेपाल भाषाको चलचित्र राजमतिका नायक मणीराज लवट र नायिक हिसिला महर्जन मुख्य अभिनय रहेको छ।

प्रिमिएर शोमा बोल्ने क्रममा ललितपुरका मेयर चिरिबाबु महर्जनले गीतसंग सम्बन्धित एउटा सन्दर्भ जोड्दै भन्नुभयो ‘ विश्व पर्यटन दिवसको अवसरमा मंगलबजारमा अस्ति मंगलबार भएको सांस्कृतिक कार्यक्रममा यही गीतको बोलमा नृत्य प्रस्तुत गरिएको थियो।म संगै रहेका स्वीस राजदूतले गीतले के भनेको भनि सोधे।जवाफमा मैले अंग्रेजीमा यु आर केम नियर वीच मी एण्ड से आई लभ यू भनेको हो भने । त्यसपछि राजदूत निकै दंग भए ।’

प्रमुृख अतिथिका हिसाबले आफ्नो भनाई टुंङग्याएर गईसक्नुभएका मेयर महर्जनले एउटा कुरो भन्न बिर्सिएको भनि फेरी यो सन्दर्भ जोड्दा सभामा गडगडाहट ताली बजेको थियो।नभन्दै उद्घोषकको भूमिका समेत निर्वाह गरिरहनुभएका कलाकार दिपा महर्जनले मेयर महर्जनलाई अब यो गीतको अंग्रेजीमा अनुवाद तपाईले गर्नुहुने छ भनेर हामीलाई विश्वास भएको भन्दै भन्नुभयो ‘ यो गीत चाँडो भन्दा चाँडो अंग्रेजीमा अनुवाद गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।’

मेयर महर्जनको अंग्रेजीमा कमाण्ड भएकोमा तारिफ गर्दै कलाकार महर्जनले सो आग्रह गर्दा माहौलमा अझ रौनक थपिएको थियो । ल अब ललितपुर महानगरपालिका– १६ वडाको अध्यक्ष समेत रहनुभएका रचनाकार शाक्यको गीत मेयरले अंग्रेजीमा अनुवाद गर्ने भो भनेर दर्शकहरु आपसी कुराकानी गर्न व्यस्त भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्