सामाजिक कथामा सहारा

0
Shares

अभिनेत्री तथा निर्मात्री प्रज्ञा जोशीले टेलिसिरियल सहारा निर्माण आरम्भ गरेकी छन्। सोमबार घटस्थापनाको अवसर पारेर टेलिसिरियलको मुहूर्तसँगै छायांकन थालिएको छ। सिरियलमा लेखन र निर्देशन सरोज दाहालको रहेको छ।

सिरियल पारिवारिक तथा सामाजिक कथामा बन्ने निर्मात्री तथा अभिनेत्री जोशीले बताइन्। यो सिरियलमा एउटी विधुवा अपांग भएपछि समाजमा भोग्नु पर्ने मानसिक र शारीरिक पीडाको कथा बुनिएकको निर्देशक दाहालले बताए।

सिरियलमा प्रज्ञाका साथमा आजे सिंह, सरोज दाहाल, पूर्णिमा जीएम, मुना भण्डारी, पवन केसी, सिमा दाहाल, सरिता भण्डारी, बालकलाकार प्रिंयका दाहाललगायतले अभिनय गर्नेछन्। प्रज्ञा फिल्म्स्को प्रस्तुतिमा निर्माण हुने टेलिसिरियलमा जोन राईको छायांकन र सम्पादन रहनेछ।