एक करोड बढी लगानीमा भुलभुले खानेपानी योजना सम्पन्न

0
Shares

लम्जुङ।

मर्स्याङदी गाँउपालिकामा एक करोड बढी लगानीमा भुलभुले खानेपानी योजना निर्माण भएको छ । खानेपानी योजनाको एक कार्यक्रमका विच मर्स्याङदी गाँउपालिकाका अध्यक्ष अर्जुन गुरुङले उद्घाटन गर्नुभएको  हो  । गाँउपालिका भित्रका स्थानीयहरुलाई व्यवस्थित र स्वच्छ पानी खुवाउनका लागि स्थानीय संग सधै हातेमालो  गरी अधि बढ्ने अध्यक्ष गुरुङको भनाई छ ।

भुलभुले खानेपानी योजनबाट साविक भुलभुले गाविस वडा नं. १ र २ का एक सय ८५ घरधुरी लाभान्वित भएका छन् ।
भुलभुले खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र गाँउबासीको श्रमदान २७ लाख ८९ हजार पाँच सय ४४ रुपैयाँ र संघिय खाने पानी तथा ढल निकास आयोजनको एक कारोड ११ लाख ५७ हजार नौ सय ७८ रुपैयाँ लगानीमा खाने पानी योजना सम्पन्न भएको खानेपानी उपभोक्त समितिका सचिव कृष्ण प्रसाद घिमिरेले बताउनु भयो । उहाँका अनुसार खानेपानीको ओभरहेड टंकी, एक घर एक धारा व्यवस्थित रुपमा निर्माण भएको छ ।

खानेपानी उद्घाटन कार्यक्रममा मर्स्याङदी ८ का अध्यक्ष धनसिंह तामाङ, निवर्तमान अध्यक्ष हिरा देवि घले, निवर्तमान वडा सदस्य अर्जुन गुरुङ लगायतले सम्बोधन गर्नुभएको थियो ।

भुलभुले खानेपानी तथा सरसफाई उपभोक्त समितिका अध्यक्ष कृष्ण बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बुद्धराज गुरुङले स्वागत गर्नु भएको थियो भने उपसचिव हरि घिमिरेले संचालन गर्नु भएको थियो ।