भेकको साथमा खोलौँ रमेर

0
Shares

बियर ब्रान्ड टुबोर्गको यो वर्षको टुबोर्ग ओपन थिम टेक द स्टेजअन्तर्गत भेक र विश्वभरका अन्य उदीयमान कलाकारले जेसन डेरुलोलाई भेट्ने र लस एन्जेलसमा उनीसँग व्यक्तिगत मेन्टरशिप सत्र प्राप्त गर्ने मौका पाए।

उक्त मेन्टरशिप सत्रमा, जेसनले कलाकारहरूलाई एउटा सफल गीत सिर्जना गर्ने तरिका र संगीत उद्योगमा कसरी सफल हुने भन्ने विषयको बारेमा मार्गदर्शन गराएका थिए। लस् एन्जेलसमा जेसनको मेन्टरशिपबाट सबै सिकेका कुराहरू आत्मसात गर्दै भेकले टुबोर्ग ओपन २०२२ को लागी आफ्नो नयाँ गीत प्रस्तुत गरेका छन्।

टुबोर्ग ओपनले आफ्नो पाँचौ वर्षको सुरुवात जेसन डेरुलोको मेन्टरशिपमा भेक्को नयाँ गीत खोलौँ रमेरको साथमा गरेको छ। उक्त गीतलाई दर्शकहरूले निकै रुचाएका छन् र युट््युबको टुबोर्ग नेपाल च्यानलमा रिलिज भएको केही घण्टामै सो गीतले लोकप्रियता पाएको छ।
‘लामो समयदेखि टुबोर्ग संगीतसँग जोडिँदै आएको छ। टुबोर्ग ओपन २०२२ अभियान सोही उद्देश्यको पहल हो। हामी यस वर्षका लागि जेसन डेरुलो र भेकसँग सहकार्यका लागि निकै उत्साहित छौँ। यसमा दर्शकले दिनु भएको सकारात्मक प्रतिक्रियाहरूबाट निकै खुसी छौँ गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर आशिष विष्टको भनाई छ।