मुन्नी कहिलेसम्म बदनाम !

0
Shares

बलिउड अभिनेत्री मलाईका अरोरा एक पटक फेरि ट्रोलरको निशानामा परेकी छन्। एक क्यासिनोको शुभारम्मा प्रमूख अतिथिको रूपमा पुगेकी ४८ वर्षीया मलाईका स्टेज चढेपछि आफैँले नृत्य गरेको फिल्म दबंगको चर्चित आइटम गीत मुन्नी बदनाम हुईमा फेरि एक पटक झुमेर कम्मर मकाइन्।

उनको धमाकेदार प्रस्तुतिले धेरैलाई आकर्षित ग¥यो र सोही भिडियो मलाइकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा पनि राखिन्।

भिडियो अपलोड गरेको केही समयमै कयौँबीच पुगेको उक्त भिडियोमा मलाइकालाई केही सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्न क्याप्सनसहित ट्रोल गरिरहेका छन् भने उनका भिडियोमा मुन्नी कति चोटी बदनाम हुन्छे, यो उमेरमा पनि पहिलेको जस्तै जोश जागर रहेको भन्दै सकारात्मक तथा नकरात्मक दुवै किसिमका प्रतिक्रिया दिइरहेका छन्।

सन् २०१० को चर्चित फिल्म दबंगको मुन्नि बदनाम हुईबाट लाखौँ दर्शकको मनमा बसेकी मलाइका १२ वर्षपछि सोही गीतका कारण सामाजिक सञ्जालमा चर्चामा छिन्। मलाईका व्यक्तिगत जीवनका कारण पनि चर्चामा रहने अभिनेत्री हुन्। केही वर्षअघि अभिनेता अरवाज खानका साथ सम्बन्ध विच्छेद् गरेकी उनी हाल हभिनेता अर्जुन कपुरका साथ प्रेम सम्बन्धमा छिन्। उनीहरू छिट्टै विवाह बन्धनमा बाधिन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।