प्राेग्रेसिभ ईन्जिनियरर्स एशाेसिएसन नेपाल (पिन) काे अध्यक्षमा भट्ट

0
Shares

रसुवा।

प्राेग्रेसिभ ईन्जिनियरर्स एशाेसिएसन नेपाल ( पिन) काे शुक्रबार भएकाे दाेस्राे अधिवेशनबाट विकास भट्ट अध्यक्षमा चयन भएका छन् ।

विकास भट्टकाे अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी गठन गरी उपाध्यक्षमा पासाङ छिरिङ तामाङ, सचिवमा ध्रुब नेपाल, सह सचिवमा कृष्ण बहादुर तामाङ,काेषाध्यक्षमा दिल वहादुर तामाङ रहेका छन्।

जिल्लाकाे पाँच वटा स्थानीय तहवाट प्रतिनिधित्व हुने गरी जिल्ला कमिटी गठन गर्दै सदस्यहरूमा रन्जना तामाङ,कृष्ण पाैडेल,सुदिप न्याैपाने,सुजन सापकोटा,प्रकाश अर्याल र रामकुमार तामाङ गरी ६ सदस्य रहेका छन् ।

प्राेग्रेसिभ ईन्जिनियरर्स एशाेसिएसन नेपाल (पिन) रसुवामा सिबिल ईन्जिनियर,सव ईन्जिनियर गरी ६५ भन्दा बढी संगठित भइरहेकाे बताइएको छ ।