सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

0
Shares

काठमाडौं ।

साताको कारोबारको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९१ हजार ८ सय रुपियाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १ हजार रुपियाँले बढेर ९२ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९२ हजार ३ सय सय रुपियाँ कायम भएको छ ।

यसैगरी शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपियाँले बढेर प्रतितोला १२ सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।