काठमाडौँ ।
साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।
।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९१ हजार ८ सय रुपियाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ४ सय रुपियाँले घटेर ९१ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजावी सुन प्रतितोला ९० हजार ९ सय रुपियाँमा कारोबार भइरहेको छ।
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी तोलामा १० रुपियाँले घटेर प्रतितोला ११ सय ७५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया