भेटेरिनरी अस्पताल मनाङको बजेट २ करोड ३८ लाखभन्दा बढी

0
Shares

लमजुङ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र मनाङले चालु आर्थिक वर्ष २०७९/०८० मा सञ्चालन गरिने कार्यक्रम सार्वजनिक गरेको छ ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङका प्रमूख नारायण कुसुमले गत आर्थिक वर्ष २०७८/०७९ मा भएको प्रगती र चालु आव कार्यक्रम तथा बजेटका बारेमा जानकारी गराउनुभएको हो ।

कार्यालय प्रमुख कुसुमका अनुसार चालु आवमा जिल्लाका लागि विभिन्न शीर्षकमा दुई करोड ३८ लाख ४४ हजार सय रुपियाँ बरावरको कार्यक्रम रहेको छ ।

विनियोजित रकममध्ये १५ लाख ७५ हजार रुपियाँ पुजीगत खर्च रहेको छ भने दुई करोड २२ लाख ६९ हजार रुपियाँ चालु कार्यक्रम खर्च रहेको छ ।

चालु आवका लागि पशुपंछी तथा मत्स्य व्यवसाय, पशु स्वास्थ्य, पशु आहारा प्रवद्र्धन, पशु आनुवंशिक श्रोत संरक्षण, एकिकृत स्वास्थ्य, क्षमता अभिवृद्धि, सुशासन तथा पारदर्शिता कार्यक्रमलगायतका कार्यक्रम रहेको कार्यालय प्रमुख कुसुमले बताउनुभयो ।

यसैबीच भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मनाङका गत आवका लागि विनियोजित बजेट दुई करोड ८१ लाख ५३ हजार रुपियाँ एक करोड ७८ लाल ३७ हजार नौ सय २० रुपियाँ खर्च भएको हो ।

भौगोलिक विकटता र जनशक्तीको अभावका कारण अपेक्षित उपलब्धी हासिल गर्न नसकिएको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।

भेटिरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र मनाङले संयुक्त कार्यक्रम गरी चालु आका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।