विद्युत् प्राधिकरणसहित १७ संस्थालाई १० दिनभित्रै कर तिर्न महानगरको निर्देशन (पत्रसहित)

0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यूत् प्राधिकरणसहित १७ संस्थाहरुलाई १० दिनभित्र सम्पत्ति कर बुझाउन निर्देशन दिएको छ ।

ह्वाइटफिल कलेज, राष्ट्रिय नाचघर, खाद्य संस्थान, मनमोहन मेमोरियल कलेजसहित १७ ठूला संस्थाहरुलाई १० दिनभित्र सम्पत्ती कर बुझाउन महानगरले निर्देशन दिएको हो ।

महानगरका राजश्व विभागका प्रमुख डा. शिवराज अधिकारीले सम्पत्ति कर बुझाउन पटक पटक ताकेता गर्दा पनि अहिलेसम्म नबुझाएको भन्दै पत्र नै काट्नु परेको बताए ।

आज (मंगलबार)देखि १० दिनभित्रमा सम्बन्धित वडा कार्यालयमा, जरिवानासहित कर नबुझाए कारबाही हुने अधिकारीले बताए ।

सूचना :