सात क्यासिनोलाई ७ दिनभित्रै कर नतिरे कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

0
Shares

काठमाडौं । सात क्यासिनोलाई ७ दिनभित्रै कर नतिरे कारबाही गर्ने काठमाडौं महानगरपालिकाले चेतावनी दिएको छ । आज (आइतबार) मनोरन्जन कर तिर्न ७ वटा क्यासिनोलाई उक्त महानगरपालिकाले पत्रमार्फत चेतावनी दिएको हो ।

महानगरपालिकाले आज एक पत्र पठाउँदै होटल म्यारियटको डेल्टिन, होटल अन्नपूर्णको क्यासिनो प्यालेस, होटल र्‍याडिसनको क्यासिनो र्‍याड, होटल हायातको प्राइड इन्टरनेशनल एण्ड रिक्रिएशन, होटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न भनेको हो ।

बागमती प्रदेशको आर्थिक ऐनले तोकेको क्यासिनो प्रवेशको मनोरन्जन कर चुक्ता गर्न पटक–पटक ताकेता गर्दा पनि सम्बन्धित संस्थाहरुले ४ वर्षदेखि नतिरेको महानगरको राजश्व विभागले जनाएको छ ।

प्रदेश आर्थिक ऐनले तोकेको दर रेट र सोको जरिवानासहित ७ दिनभित्र कर चुक्ता नगरे महानगरको राजश्व ऐन अनुसार कारबाही गरिने चेतावनी महानगरले क्यासिनोलाई गराएको छ । महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीका अनुसार सबै क्यासिनोहरुले प्रतिव्‍यक्ति प्रवेश बापत ५० रुपैयाँ राजस्व महानगरलाई बुझाउनुपर्छ ।

महानगरको पत्र :