टिकटक बनाउन खोज्दा भीरबाट खसेर मृत्यु


दाङ
टिकटक बनाउने क्रममा भीरबाट खसेर दाङमा एक युवकको ज्यान गएको खबर छ । सल्यानबाट तुलसीपर आउने क्रममा मोटरसाइकलबाट झरेर टिकटक बनाउन गएका दाङ तुलसीपुर–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी शनिबार राति करिब ९ बजे भीरबाट खसेका थिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

करिब ३०० मिटर तल खसेका उनलाई प्रहरीले उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल पुर्याएलगत्तै उनको मृत्यु भएको थियो । प्रहरीले घटनाका सम्बन्धमा उनी सँगै मोटरसाइकलमा सवार एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।