काठमाडौं ।
मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्यघटेको छ
सोमबार प्रतितोला ९७ हजार ४ सय रुपियाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा ७ सय रुपियाँले घटेर ९६ हजार ७ सय रुपियाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार २ सय रुपियाँ कायम भएको छ।
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार आज चाँदी तोलामा १५ रुपियाँले घटेर प्रतितोला १२ सय २० रुपियाँमा कारोबार भइरहेको महासंघका जनाएको छ।
प्रतिक्रिया