काठमाडौं ।
नेपाल तेक्वान्दो संघको आयोजनामा १० औं राष्ट्रिय क्योरोगी तेक्वान्दो रेफ्री सेमिनार बुधबारदेखि सातदोबाटोमा सुरु भएको छ । बुधाबारैदेखि ११ औं राष्ट्रिय क्योरोगी तेक्वान्दो रिफ्रेसर कोर्समा पनि सातदोबाटोमा सुरु भएको छ ।
सेमिनारमा १ सय ३९ तथा कोर्समा १ सय ६० सहभागी छन् । सहभागी सबै बागमती प्रदेशका हुन् । बागमतीका अन्यको सेमिनार र कोर्स चितवनमा भदौ ८ देखि ११ गतेसम्म हुनेछ ।
सातै प्रदेशमा कार्यक्रम आयोजना गरिने तेक्वान्दो संघले जनाएको छ ।
प्रतिक्रिया