वान्तुको काठे भाकैले



गीतकार अमर वान्तुको नयाँगीत काठे भाकैले भिडियोसहित सार्वजनिक भएको छ।

सन्तोष श्रेष्ठको संगीत, तारावीर पाण्डे, अस्मिता अधिकारी, सन्तोष श्रेष्ठ र सहीमा श्रेष्ठको स्वर र राजु कार्कीको एरेन्जमेन्ट रहेको गीतको भिडियो गम्भीर विष्टले निर्देशन गरेका छन्। डान्सिङ शैलीको गीतको भिडियोमा आर्यन खरेल र र्सिजना श्रेष्ठलाई फिचरिङ गरिएको छ।

‘सबै मिहिनेतबाट एउटा राम्रो गीत र भिडियो बनेको छ’ गीतकार वान्तुले भने। गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्