४ युगको कथामा बिजुली च्याप्टर १



बिजुली च्याप्टर–१ नामक फिल्म निर्माणको घोषणा गरिएको छ। राजधानी आयोजित एक विशेष कार्यक्रमका बीच फस्ट लुक सार्वजनिकसँगै फिल्म निर्माणको घोषणा गरिएको हो।

विकास गिरीको लेखन तथा डेब्यु निर्देशनमा बन्ने फिल्ममा मुकुन भुसाल, बेनिषा हमाल, कालु राना अनुबन्ध भएका छन् भने बाँकी कलाकार छनोट हुन बाँकी रहेको निर्माण समूहले जानकारी गराएको छ। चार युग सत्य, त्रेता, द्वापर र कलियुगको प्रतिनिधि पात्रको कथामा बन्ने फिल्मको अर्को भाग पनि निर्माण गरिने लेखक तथा निर्देशक गिरीले जानकारी गराए। ‘यो हिन्दू धर्मग्रन्थका पात्रको मोडर्न एडप्टेसन हो’ गिरीको भनाइ छ।

बासुकी फिल्म्स्को ब्यानरमा लुना केसीले निर्माण गर्ने फिल्ममा केदार भुसाल क्रियटिभ प्रोड्युसर रहनेछन्। आगामी भदौ तेस्रो साताबाट छायाँकन गरिने फिल्ममा आयुष बिसी एसोसियट निर्देशक रहेका छन् भने छायांकन हरि घले लामाको रहनेछ। फिल्मको कथा अनुसार आफूले आप्नो भूमिकाको लागि निकै नै मेहनत गर्नु पर्ने अभिनेता मुकुन भुसालले बताए। अभिनेत्री बेनिषा हमालले नयाँ जोश जाँगर बोकेर नेपाली फिल्म क्षेत्रमा केहि गरौँ भनेर लागेको टिमसँग काम गर्न पाउँदा खुसी लागेको बताइन्।

तस्वीर:राज मल्ल

प्रतिक्रिया दिनुहोस्