सुस्मिता र ललितको रोमान्स



बलिउड अभिनेत्री सुस्मिता सेन तथा इन्डियन प्रिमियर लिगका पूर्वअध्यक्ष एवम व्यापारी ललित मोदीबीचको प्रेम सम्बन्धको खबर हालै बलिउड फिल्म नगरीमा चर्चाको विषय बन्न पुगेको छ।

हालै, ५८ वर्षीय ललितले सुस्मिताको साथ माल्दिभ्स टुरमा जाँदाका केहि तस्वीर सामाजिक सञ्जालमा माई बेटरहाफ भन्ने क्याप्सनका साथ सेयर गरेपछि उनीहरूको सम्बन्को खवर एकाएक भाइरल बन्न पुगेको हो।

यससँगै उनीहरूको विवाह नै भइसकेको चर्चा चल्न थालेपछि सुस्मिताले आफ्ना दुई छोरीका साथ तस्वीर सेयर गर्दै आफूहरू प्रेममा रहेको र अहिले इन्गेजमेन्ट अथवा विवाह भने नभइसकेको प्रष्ट पारेकी छन्। त्यस्तै, ललितले पनि ‘हामीले विवाह गरेका छैनाैँ, अहिले हामी डेटमा छौँ। एक दिन विवाह पनि गर्नेछौँ’ भन्ने स्पष्टीकरण पेश गरेका छन्।

ललितको पहिलो श्रीमती मिनाल मोदीको सन् २०१८ मा क्यान्सरका कारण निधन भएको थियो। उनको एक छोरा र एक छोरी छन्। दुई छोरीलाई अपनाएकी ४६ वर्षीयो सिंगल मदर सुस्मिता भने केही समयअघि पूर्व प्रेमी रहमान सावलका साथ छुट्टिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्