बटुकप्रसादको हजुरै हो



लामो समयसम्म फिल्ममा अभिनय र मुख्य सहायक निर्देशक भएर अनुभव बटुली पछिल्लो समय टिकटकमा बटुकप्रसादका रूपमा हिट फिल्मकर्मी सन्तोष पौडलद्वारा अभिनीत पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ।

टिकटकमा पत्नीपीडित पात्र बटुकप्रसादको पात्रका रूपमा लोकप्रियता कमाएका पौडलले हजुरै हो बोलको गीतमा अभिनय गरेको भिडियो सार्वजनिक भएको हो ।

फिल्मी शैलीमा तयार पारिएको सामाजिक कथा बुनिएको ११ मिनेट लामो गीतको भिडियोमा बटुकप्रसादको पत्नीका रूपमा टिकटकमा हिट भएकी उनको वास्तविक जीवनपत्नी अमृता पौडेलका साथमा लक्ष्मी गिरी, खेम बा, सो गीतका गायक तथा त्यसमाथि बनेको भिडियोका निर्देशक डीआर सुजन, गीतकार बोधश्री र बालकलाकार बिदान मैनालीले अभिनय गरेका छन्। मन छुने आकर्षक नृत्य र मर्मस्पर्शी कथाको गीत नजिकिँदै गएको हरितालिका तीजको अवसरमा सार्वजनिक गरिएको हो।

कोरोना महामारीको समयमा लगाइएको लकडाउनमा समय कटाउन र अभिनयको सौख पूरा गर्न टिकटक बनाउन थालेका सन्तोष छोटो समयमै टिकटकमा हिट हुन पुगेका थिए। बटुकप्रसादका रूपमा सामाजिक र घरायसी कथामा मौलिक टिकटक बनाएर लोकप्रियता कमाएका सन्तोषका साथमा उनकी पत्नी अमृता पौडेल पनि टिकटकमा हिट छिन्।

अमृता बटुकजीलाई सताउने पत्नीका रूपमा टिकटकमा छाउँदै आएकी छन्। एक दर्जन जति फिल्म र भिडियो फिल्ममा मुख्य सहायक निर्देशकका रूपमा काम गरेका पौडेलले विभिन्न फिल्ममा अभिनयसमेत गरेका छन्। त्यही लामो अनुभवका आधारमा उनले कन्सेप्टदेखि क्यामरा सञ्चालन र सम्पादनमा समेत मेहनत गरेर गुणस्तरीय र मन छुने टिकटक भिडियो निर्माण गरी लोकप्रियता कमाउँदै आएका छन्।

गायक तथा सर्जक डीआर सुजनको प्रस्तुतिमा तयार भएको यो तीज गीतमा बोधश्रीको शब्द रचना, डीआर सुजनकै संगीत र बिनो बाजुरालीको संगीत संयोजन रहेको छ। गीतको भिडियोमा विधुवा नारीप्रति समाजले गर्ने दुव्र्यवहार र मदिरा सेवनगरी परिवार र सन्तानलाई दुव्र्यहार गर्ने पुरुषको कथा प्रस्तुत गरिएको छ।

सुन्दा रमाइलो लाग्ने र हेर्दा भावविह्वल बनाउने भिडियोमा विधुवा महिलासँगको प्रेम र विवाहलाई समाज र घर परिवारले गर्ने व्यवहार प्रस्तुत गरिएको छ। डीआर सुजन, अस्मिता अधिकारी र एलिना चौहानको स्वर रहेको गीतको भिडियोको निर्देशन डीआर सुजनले गरेका छन् भने मौसम हिमालीको कोरियोग्राफी रहेको छ। भिडियोमा रेशम दर्नालीको छायांकन र पदम सुवेदीको सम्पादन
रहेको छ।

प्रतिक्रिया दिनुहोस्