समुद्रको निर्देशनमा गुलाबी बन्ने



क्यानडाको टोरन्टो फिल्म स्कुलबाट निर्देशन कक्षा लिई नेपाल फर्केर आधा पेज नामक फिल्म निर्देशन गरेकी निर्देशक समुद्र भट्टले गुलाबी नामक फिल्म निर्देशन गर्ने भएकी छन्।

द स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माणाधीन फिल्मको स्क्रिप्टको काम सकिएको र निर्माणको आन्तरिक तयारीमा जुटिरहेको निर्देशक भट्टले बताइन्।

फिल्मका लागि हालै अभिनेता नाजिर हुसेन र विशाल पहाडीलाई अनुबन्धित गरिएको छ। नाजिर फिल्मको मुख्य कलाकार रहनेछन् भने नाजिर र विशालबाहेक अन्य कलाकारको टुंगो लाग्न बाँकी रहेको तथा केही कलाकार अडिसनबाट छनोट गरिने उनले बताइन्।

फिल्मका लागि नाजिरले कम्तिमा १५ केजी तौल घटाउनुपर्नेछ। स्कृप्टअनुसार नाजिरलाई ५० केजी तौलको पात्रमा तयार पार्नुपर्नेछ। भदौ अन्तिममा छायांकनमा जाने फिल्म आलोक शुक्लाले खिच्नेछन्।

प्रतिक्रिया दिनुहोस्