पुसमा आउने भयो दिलमाया–२


निर्देशक राजु गिरीले दिलमायाँ २ नामक फिल्म निर्माण गरेका छन्। बुधबार फिल्मको २ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि घोषणा गरिएको छ। फिल्म आगामी पुस २९ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुने भएको छ।

केही समयअघि फिल्मको छायांकन पनि सकिएको छ। हाल फिल्मको पोस्ट प्रोडक्सनको काम भइरहेको निर्देशक गिरीले बताए। राजु गिरी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा किरण नेपाली, सन्जीला पौडेल, सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरादेवी श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वलीलगायतका कलाकारले अभिनय गरेका छन्

फिल्ममा भीष्मराज फुलाराको गीत रचना, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, देव मर्हजनको द्वन्द्व निर्देशन, विष्णु निराकर र सुस्मिता खत्रीको छायांकन र खुमबहादुर सुनारको सम्पादन रहेको छ।