सुशान्त सिंह प्रकरणमा रियाविरुद्ध आरोपपत्र



बलिउड अभिनेता स्व. सुशान्त सिंह राजपूतको निधनपछि भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरोले लागुऔषधविरुद्ध छानबिन गर्दै आइरहेको छ।

यही मामलामा एनसीबीले अभिनेत्री तथा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीका साथमा उनको भाइलाई आरोपी बनाएर छानबिन अघि बढाउने क्रममा बुधबार रियाको साथमा उनको भाइ सोविक चक्रवर्तीलगायत अन्यसहित ३५ जनालाई आरोपी बनाएर अदालतमा आरोपपत्र दायर गरेको छ।

उनीहरुविरुद्ध सुशान्तका लागि लागुऔषध खरिद तथा आपूर्ति गर्ने गरेको आरोप लगाइएको छ।
आरोपपत्रमा उल्लेख भए अनुसार आरोपीहरूले कानुनी अनुमतिपत्र बिना नै मुम्बईमा गाँजा, चरेस, कोकिन तथा अन्य नशालु पदार्थ सेवन गरेको तथा सन् २०२० को मार्च तथा डिसेम्बरको बीचमा आपराधिक षड्यन्त्र रचेको आरोप लगाइएको समाचारमा जनाइएको छ। साथै, लागुऔषध अपराधीलाई शरण दिने, अपराध गर्न प्रेरित गर्नेसमेत आरोप लगाइएको छ।

जसमा उनीहरू दोषी ठहरिए १० वर्षको सजाय हुने उल्लेख छ। उक्त उजुरीको सुुनुवाइ भने आगामी जुलाई २७ मा हुनेछ। सन् २०२० जुलाईमा मुम्बईस्थित अपार्टमेन्टमा सुशान्त मृत भेटिएपछि भएको लागुऔषधको छानबिनका क्रममा रिया २०२० मा समेत गिरप्mतार भएकी थिइन्। एनसीबीले आरोपपत्र दायर गरेपछि रिया फेरि एकपटक कानुनी झमेलामा फसेकी छिन्।

प्रतिक्रिया दिनुहोस्